arrow

८० वर्षीय सिनेटरलाई एलन मस्कले भने-'तिमी अझैँ जीवित छौ भन्ने बिर्सिन्छु'

थप सेयर बेच्नुपर्ने हो भन्दै प्रश्न 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
Elon-Musk-enraged-after-Bernie-Sanders.jpg

काठमाडौँ । अमेरिकी सिनेटर ८० वर्षीय बर्नी स्यान्डर्सको ट्विटमाथि धनाढ्य एवं टेस्ला कम्पनीका सिइओ एलन मस्कले कडा प्रतिक्रिया दिएका छन् ।

शनिवार सिनेटर बर्नी स्यान्डर्सले 'अति धनीहरूले उनीहरूको उचित हिस्सा (कर)तिर्नु पर्ने माग गर्नुपर्छ,' भन्दै ट्विट गरेका थिए ।

आइतबार उक्त ट्विटको प्रतिक्रिया दिँदै मस्कले स्यान्डर्सलाई 'अझैँ जीवित रहेको भनेर बिर्सिने गर्छु,' भन्दै ट्विट गरेका हुन् । यसअघि समेत मस्क र स्यान्डर्सबिच टकराब भने हुँदै आएको थियो ।

यसअघि स्यान्डर्सले मस्कलाई अर्को ग्रहमा बस्ती बसाल्ने कुरा भन्दा पनि पृथ्वीमाथि ध्यान दिन भन्दै टिप्पणी गरेका थिए ।

मस्कले केही दिनअघि कर तिर्नकै लागि सेयर बेच्ने कि नबेच्ने ट्विट गरेका थिए । जसमा धेरैले बेच्नुपर्छ भन्ने समर्थन गरेपछि मस्कले झन्डै ६ अर्ब अमेरिकी डलर बराबरको सेयर बेचेका छन् ।

शनिवारको स्यान्डर्सको ट्विटमा मस्कले, 'मैले थप सेयर बेच्नु पर्ने हो स्यान्डर्स ? शब्द मात्र भन्नुहोस्,' भनेर अर्को प्रतिक्रिया दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ