arrow
ADVERTISEMENT

ओखलढुङ्गामा जिप दुर्घटना: चार जनाको मृत्यु, १४ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
jeep-accident-1619164051.jpg
फाइल तस्वीर

ओखलढुङ्गा । ओखलढुङ्गामा दर्शनार्थी बोकेको बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु र १४ जना घाइते भएका छन् ।

चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेको बोलेरो जिप सोमबार दुर्घटना हुँदा तीन जनको मृत्यु र १४ जना घाइते भएका हुन् ।

मृत्यु हुने चारै जना सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घटनास्थलमा नै मृत्यु हुनेहरूमा सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका वर्ष ३५ का मिठुमाया मगर, सोही स्थानका वर्ष १७ की तुलसा मगर, उमेर नखुलेका खगेन्द्र मगर र वर्ष ३५ की शान्ता मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

सुनकोशी गाउँपालिका-८ च्यानम हुँदै ककनीतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौवारि नजिकैको कुसाङमाभ सडकबाट करिब ६ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी घाइते भएकाको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए ।

गम्भीर घाइतेलाई काठमाडौँ लैजान हेलिकोप्टर झिकाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ