arrow

म्यानमारको जेलबाट रिहा भए अमेरिकी पत्रकार ड्यानी फेन्स्टर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
us-journalist-myanmar.jpg

काठमाडौँ । म्यानमारमा ११ वर्ष जेल सजाय तोकिएका अमेरिकी पत्रकार ड्यानी फेन्स्टर रिहा भएका छन् । तीन दिन अघि सैन्य कब्जामा रहेको म्यानमारको अदालतले उनलाई ११ वर्षको जेल सजाय सुनाएको थियो ।

म्यानमारको फ्रन्टियर म्यानमार म्यागेजिनका प्रबन्धक सम्पादकसमेत रहेका पत्रकार फेन्स्टर अब, भने म्यानमार छोड्न सक्ने भएका छन्।

फेन्स्टरलाई गत मेमा पक्राउ गरिएको थियो । उनीमाथि अध्यागमन कानुनको उल्लङ्घन, गैर कानुनी सङ्गठित र सेना विरुद्ध असहमतिलाई प्रोत्साहित गरेको आरोप लागेको थियो । हालै उनीमाथि देशद्रोही र आतङ्कवादको आरोप समेत लागेको थियो ।

तर, म्यानमारमा रहेका पूर्व अमेरिकी राजदूत बिल रिचर्डसन र त्यहाँका सेना प्रमुखबिचको वार्तापछि अहिले उनी रिहा भएका छन् । रिचर्डसनले फेन्स्टर अब कतार हुँदै घर (अमेरिका)जान सक्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ