arrow

बेलारुसमाथि प्रतिबन्ध थप्दै ईयु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
belarus-poland.jpg

काठमाडौँ । पोल्याण्डको सीमा क्षेत्रमा सयौँ आप्रवासी लगेर छोडेपछि अहिले युरोपियन युनियन (ईयु)भित्र बेलारुसको चर्को विरोध भइरहेको छ । बेलारुसले पोल्याण्डको सीमा क्षेत्रमा लगेर त्यहाँबाट ती आप्रवासीलाई फिर्ता आउन दिइरहेको छैन ।

भयानक चिसो मौसमका बेला सीमामै अड्किएका सयौँ आप्रवासीहरूको अवस्था दयनीय बन्दै गएको छ । यसबिच ईयुले बेलारुसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

सम्भवतः २७ वटै देशका परराष्ट्र मन्त्री स्तरीय बैठकले सोमबार (आज)नै बेलारुसमाथि प्रतिबन्ध थप्ने बताइएको छ । जस अन्तर्गत भ्रमण एवं हवाई लगायतका प्रतिबन्धहरूमा कडाइ गरिने बताइएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लियेनले आप्रवासी र शरणार्थीहरूप्रति लुकासेन्कोको विश्वासघाती व्यवहारको सामना गर्न बेलारुसमाथि थप प्रतिबन्धहरू लगाउने बताएकी छन् । 

बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले गत वर्ष आफ्नो विरोधमा भएको प्रदर्शनको बदलाको भावमा अहिले पोल्याण्ड सीमामा आप्रवासी सङ्कट निम्त्याउन खोजेको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ