arrow

स्वीट्जरल्याण्ड विश्वकपमा छनोट, इटाली समस्यामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
football-switzerland-2021.jpg

काठमाडौं । स्वीट्जरल्याण्ड आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छानिएको छ । युएफा छनोट अन्तर्गत सोमबार राति भएको खेलमा बुल्गेरियामाथि ४–० गोल अन्तरको फराकिलो जितसँगै स्वीट्जरल्याण्डले कतारको टिकट काट्न सफल भएको हो । 

घरेलु मैदानमा खेलको स्वीट्जरल्याण्डले पहिलो हाफ भने गोलरहित बराबरीमा चित्त बुझाएको थियो । दोस्रो हाफमा चार गोल गर्दै समूह सीबाट १८ अंकसहित शीर्ष स्थानमा रहँदै विश्वकपमा छानियो । 

स्वीट्जरल्याण्डका लागि नोह ओकाफोर, रुबेन भर्गास, सेड्रिक इट्टेन र रिमो फ्रुलेरले गोल गरे । 

यही समूहको उपाधिकै दाबेदार मानिएको इटाली भने फेरि पनि संकटमा परेको छ ।

इटालीले नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेलेसँगै सीधै छनोट हुन पाएन । 

संकटमा परेको इटालीले अब प्लेअफ खेल्नुपर्नेछ । इटालीको १६ अंक रहेको छ । तेस्रो आयरल्याण्डको ९, चौथो बुल्गेरियाको ८ तथा लिभुआनियाको ३ अंक रहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ