arrow

चीनको एलजीबीटी अधिकारवादी समूहमाथि ताइवानको प्रतिबन्ध

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
taipei-city.jpg

ताइपेई। चीनको एक प्रभावशाली एलजीबीटी अधिकारवादी समूहमाथि ताइवानले प्रतिबन्ध लगाएको छ। एलजीबीटीहरुको अधिकारका लागि धेरै कानुनी मुद्दाहरूको नेतृत्व गरेको समूहको सामाजिक सक्रियतामा चीनले प्रतिबन्धहरू बढाएको हो।

काम गर्ने वातावरण नै नभएको र चीन सरकारले नै शत्रुतापूर्ण व्यवहार गरेको भन्दै एलजीबीटी समूहले काम बन्द गरेको छ। एलजीबीटी राइट्स एड्भोकेसी चीनले बिहीबार सामाजिक सञ्जालमार्फत सबै गतिविधिहरू बन्द गर्ने र आफ्ना सामाजिक सञ्जालका एकाउन्टहरू बन्द गर्ने घोषणा गरेको हो।

कामहरू बन्द गर्नुपरेकोप्रति हामी गहिरो खेद व्यक्त गर्दै समूहले सबै काम अनिश्चित कालका लागि बन्द गरेको एलजीबीटी समूहले वीच्याटमार्फत भनेको छ। यसको सोसल मिडिया खाताको नाम प्रयोग गरेर चीनमा व्यापक रूपमा प्रयोग हुने अधिकारको मागलाई रोक्न चीनले प्रतिबन्धहरू लगाएको थियो।

एक सदस्यले समूहका सबै गतिविधिहरू बन्द भएको पुष्टि गरेका हुन्। सुरक्षा चिन्ताको कारणले नाम न छाप्ने सर्तमा एसोसिएटेड प्रेससँग कुरा गर्ने सदस्यले किन बन्द गरिएको भन्ने प्रश्नको जवाफ दिन भने अस्वीकार गरेका छन्। समूह संस्थापक पेग यान्जीले टिप्पणीको लागि गरिएको अनुरोधलाई जवाफ दिएनन्।

एलजीबीटी राइट्स एड्भोकेसी चीनले समलिङ्गी व्यक्तिहरूको अधिकारको लागि र समुदायको बारेमा चेतना जगाउने काम गर्दै देशभर काम गरिरहेको थियो। यसले समलिङ्गी विवाहको वकालत गरेको र कार्यस्थलमा हुने भेदभाव विरुद्ध लडेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ