arrow

अफगानिस्तानमा वास्तविक त्रासको वातावरण रहेको यूएन विज्ञको भनाई

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
afgan-city.jpg
फाइल तस्बिर

न्युयोर्क। अफगानिस्तानमा रहेका मानवअधिकारवादीहरूले वास्तविक रूपमा त्रास बढेको बताएका छन्। संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले अफगानिस्तानमा वास्तविक त्रासको वातावरण सिर्जना भएको र यसले ठुलो सङ्कट सिर्जना गर्नेतर्फ ध्यानाकर्षण गराएका हुन्। 

अफगानिस्तानमा वास्तविक त्रास भएको उल्लेख गर्दै उनीहरूले तत्काल संयोजन गरेर उक्त त्रासको सामना गर्नेतर्फ अघि बढ्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। एक यूएन विज्ञले अफगानिस्तानमा रहेको मानवअधिकारवादी हरूले प्रत्यक्ष धम्कीको सामना गर्नुपरेको बताएकी छन्। 

उनका अनुसार अफगानिस्तानमा लैङ्गिक हिंसा, कुटपिट, अपहरण, जबरजस्ती बेपत्ता पार्ने र हत्या गर्ने सम्मका त्रासहरू बढेको बताएकी छन्। अफगानिस्तानमा मानवअधिकारवादीहरू निकै त्रासको वातावरणमा बाँचिरहेको बताएकी छन्। 

कथित युद्ध अपराधमा संलग्नहरूको तथ्याङ्क सङ्कलन गर्नेहरू सबैभन्दा ठुलो त्रासमा रहेको बताइएको छ। अपराधको वकालत गर्ने कानुन व्यवसायीहरू, सांस्कृतिक अधिकारकर्मीहरू, प्रतिबन्धित क्षेत्रमा कार्यरत कर्मचारीहरू, साङ्गीतिक क्षेत्रमा काम गर्नेहरू र अन्य अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू त्रासमा बाँचिरहेको उनले बताएकी छन्। 

अफगानी सञ्चारमाध्यमका अनुसार उनीहरूको पहिचान मेटाउनका लागि अनलाइन डाटा उडाउन थालिएकोसमेत बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ