arrow

दिल्ली सरकारद्वारा प्रदूषण नियन्त्रण गर्न घरबाट काम गर्ने, सप्ताहान्तमा लकडाउन गर्ने प्रस्ताव

logo
सिन्ह्वा,
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
delhi-pollution.jpg

नयाँ दिल्ली । भारतको दिल्ली सरकारले मङ्गलवार भारतको राजधानी शहरमा प्रदूषण नियन्त्रणका लागि आपत्कालीन बैठकद्वारा एक हप्ताको लागि घरबाट काम गर्ने र सप्ताहान्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ।

यसबाहेक दिल्ली सरकारले निर्माण र औद्योगिक गतिविधिमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ। सङ्घीय सरकार र दिल्ली, पन्जाब, हरियाणा र उत्तर प्रदेशका प्रतिनिधिहरू, सम्बन्धित सरोकारवालाहरू बीचको बैठकलाई भारतको सर्वोच्च अदालतले दिल्लीको विषाक्त वायु संकटसँग लड्न आदेश दिएको थियो जसका कारण विद्यालयहरू बन्द भएका छन् ।

"आजको पन्जाब, हरियाणा, उत्तर प्रदेश, हरियाणाका अधिकारीहरूसँगको बैठकमा हामीले (दिल्ली सरकारले) केन्द्रीय राजधानी क्षेत्र (एनसीआर) मा घरबाट काम गर्न लागू गर्नुपर्ने प्रस्ताव राख्यौं," दिल्लीका वातावरणमन्त्री गोपाल राईले मिडियालाई भने। 

मन्त्री राईले "निर्माण कार्यमा प्रतिबन्ध लगाउनुपर्ने र एनसीआरमा उद्योगहरू पनि बन्द गर्नुपर्ने बताएका छन् । उनले बताएका छन् कि दिल्ली सरकारले सप्ताहान्तमा लकडाउनको प्रस्ताव गरेको छ र तिनीहरू यसका लागि तयार छन्। ‘अब अदालतको निर्देशनमा भर पर्छ,’ उनले भने । दिल्ली सरकारले राजधानीको वायु प्रदूषण बढ्नुमा छिमेकी राज्यहरूमा पराल जलाएको आरोप लगाउँदै आएको छ।

सोमबार सङ्घीय सरकारले पराल जलाउँदा वायु प्रदूषणको चार प्रतिशत वृद्धि भएको बताएको छ ।नोभेम्बरको शुरुदेखि नै विषाक्त धुवाँसँग लडिरहेको दिल्लीले शनिबार आपत्कालीन उपायहरू अपनाउँदै विद्यालयहरू बन्द गर्न र निर्माण कार्य चार दिनका लागि बन्द गर्न आग्रह गरेको थियो । 

भारतको राजधानी दिल्ली विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा परेको छ । औद्योगिक गतिविधिहरू र अत्यधिक सवारी साधनको चाप शहरको वायु प्रदूषणको मुख्य कारक बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ