arrow

नेदरल्यान्ड्स विश्वकप फुटबलमा छानियो, टर्की प्लेअफमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
football-netherlands-2021-w.jpg

काठमाडौं । नेदरल्यान्ड्स आगामी वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलमा पुग्न सफल भएको छ । युरोपेली छनोट अन्तर्गत मंगलबार राति नर्वेलाई २–० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले कतारको टिकट काट्न सफल भएको हो । 

घरेलु मैदानमा भएको खेलमा नेदरल्यान्ड्सलाई विश्वकपमा पुर्याउन स्टेभेन वर्गवाइन र मेम्फिस डिपेले एक एक गोल गरे । खेलको ८४ औं मिनेटमा स्टेभेनले र  इन्जुरी समयमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० ले जिताएका हुन् । 

समूह जीको अर्को खेलमा टर्कीले मोन्टेनेग्रोलाई २–१ गोल अन्तरले हरायो । यो जितसँगै टर्कीले विश्वकपमा पुग्ने बाटो भने तय गरेको छ । उसले कतारको टिकट काट्न प्लेअफ खेल्नुपर्नेछ । 

त्यस्तै तात्भियाले जिब्राल्टारलाई ३–१ गोल अन्तरले हरायो । 

अंक तालिका
नेदरल्यान्ड्सले १० खेलमा २३ अंकसहित शीर्ष स्थानमा रहेर विश्वकपमा पुग्दा २१ अंकबाट दोस्रो स्थानमा रहँदै टर्कीले प्लेअफ खेल्न पाउने भएको छ । नर्वे भने १८ अंकसहित तेस्रो स्थानमा रहेर बाहिरियो । 

मोन्टेनेग्रो १२ अंकसहित चौथो, लात्भिया ९ अंकसहित पाँचौं तथा जिब्राल्टार अंकविहीन हुँदै यसपालिको छनोट अन्त्य गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ