arrow

सरकार न्यायालयमा भइरहेको विवादको मूकदर्शक बन्न मिल्दैन: नेता सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
prakashman-brt.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार न्यायालयमा भइरहेको विवादको मूकदर्शक भएर बस्न नमिल्ने बताएका छन् ।

बुधबार विराटनगर पुगेका नेता सिंहले बिराटनगर  बिमानस्थमा पत्रकारहरुसँग कुरा गर्दै न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्वत तरिकाले नै समाधान गर्नुपर्ने बताएका हुन् । एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायलयलाई नै विकृत बनाउन नहुने उनको भनाई थियो ।

‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायपालिका भईरहेको विवादको मुख दर्शक हुनु हुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गनुपर्दछ,’ नेता सिंहले भने ।

साथै उनले बर्तमान स्थितिमा ‘अर्लि इलेक्शन’को सम्भावना नभएको भन्दै अब समयमा नै संघीय र स्थानीय निकायको निर्वाचन हुने बताए । उनले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने समेत दोहो¥याए । वर्तमान नेतृत्व असफल भएको र जनताले विश्वास गर्न छाडेकाले नेतृत्व परिवर्तन जरुरी रहेको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ