arrow

जम्मु काश्मीरको सङ्क्रमणकाल : आतङ्कवादको राजधानीबाट पर्यटन राजधानीमा विकास

logo
एजेन्सी,
प्रकाशित २०७८ मंसिर १ बुधबार
kashmir-development.jpg
फाइल तस्बिर

श्रीनगर। भारतले सन् २०१९ को अगस्त ५ मा जम्मु काश्मीरलाई सङ्घ प्रशासित राज्य अन्तर्गत ल्याउने निर्णय गरेपछि भारतको उक्त निर्णयलाई विफल तुल्याउन विभिन्न देशी विदेशी शक्तिहरू लागेको थिए। तर, जम्मु काश्मीरका नागरिकहरूलाई क्षेत्रको शान्ति र समृद्धिको प्रक्रियालाई अवरुद्ध पुर्‍याउने त्यस्ता तत्त्वहरूलाई नै असफल पार्दै जम्मु काश्मीरलाई भारतको पर्यटन राजधानीको रूपमा विकास गर्न सफल भएका छन्। 

पाकिस्तानद्वारा पालित पोषित आतङ्कवादी सङ्गठनहरूले गत महिना काश्मीरलाई फेरि अनिश्चितताको भुमरीमा धकेल्ने प्रयास गरेको थियो। आतङ्कवादी समूहले काश्मीरका अल्पसङ्ख्यक समुदायमाथि गोली चलाएको थियो। आतङ्कवादी समूहको गोली लागेर ११ जनाको मृत्यु भएको थियो। तर, काश्मीरका नागरिक र सुरक्षाकर्मीको साथले गर्दा क्षेत्रका आतङ्क थप फैलिन दिइएन। 

सुरक्षाकर्मीहरूलाई दिएको नागरिकको साथले गर्दा १५ आतङ्कवादीहरू मारिएका थिए भने काश्मीरमा सुरक्षाको प्रत्याभूतिको अवस्था सुनिश्चित गरिएको थियो। काश्मीरका सर्वसाधारणको मृत्युले केही समय पीडा दिए पनि जम्मु काश्मीर अब पर्यटनको राजधानी, शान्ति र समृद्धिको सहरको रूपमा विकसित भएकोमा भने खुसी व्यक्त गरिएको छ। 

शान्ति पुनर्स्थापनाका लागि जम्मु काश्मीर प्रशासनले महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ। गृहमन्त्री अमित शाहले जम्मु काश्मीरको अवस्था कुनै पनि हालतमा बिग्रन नदिने दाबी गर्दै सुरक्षा संयन्त्रलाई पनि जम्मु काश्मीरका शान्ति र स्थिरता कायम गर्न आतङ्कवादको दृढता र उच्च मनोबलका साथ सामना गर्न आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ