arrow

राष्ट्रसङ्घका १० कर्मचारीलाई तत्काल रिहा गर्न आह्वान

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर १ बुधबार
antonio_guterres-us-general-secretary.jpg

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चार दिनअघि इथियोपियामा पक्राउ परेका राष्ट्रसंघका १० कर्मचारीलाई तत्काल रिहा गर्न आह्वान गरेका छन् ।

महासचिवका प्रवक्ताले जारी गरेको विज्ञप्ति अनुसार महासचिवलाई कर्मचारीलाई पक्राउ गर्नाको खास कारणबारे कुनै जानकारी दिइएको छैन र उनीहरूलाई  पुष्टि हुने खालको आरोप पनि लगाइएको छैन।    

संयुक्त राष्ट्रसंघका कर्मचारीहरूले इथियोपियामा महत्त्वपूर्ण र निष्पक्ष काम गरिरहेका छन् । महासचिवले संयुक्त राष्ट्रसंघका कर्मचारीहरूको विशेषाधिकार र उन्मुक्तिको सम्मान गर्ने दायित्वलाई जोड दिदै अन्तरराष्ट्रिय र इथियोपियाली दुवै पक्षले यसको सम्मान गर्नुपर्ने धारणा राखेका छन्  ।  

"सैन्यबल र द्वन्द्वले इथियोपियामा दिगो शान्ति र स्थायित्व ल्याउन सक्दैन," विज्ञप्तिमा भनिएको छ। महासचिवले द्वन्द्वरत पक्षहरूलाई शत्रुता अन्त्य गर्न र नागरिकहरूको हितलाई प्राथमिकता दिन आग्रह गरेका छन्।  त्यसैगरी विज्ञप्तिमा भनिएको छ- सुरक्षित र निर्बाध मानवीय पहुँचलाई तुरुन्तै पुनर्स्थापित गरिनुपर्छ।

"उनले इथियोपियाले सामना गर्ने चुनौतीहरू सबै इथियोपियालीहरू सम्मिलित वार्ताबाट मात्र समाधान गर्न सकिन् भन्ने कुरामा जोड दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ