arrow

फिलिपिन्स : पूर्व राष्ट्रपतिका छोरा र वर्तमान राष्ट्रपतिकी छोरी एकै ठाउँमा

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर १ बुधबार
dukurti.JPG

मनिला । फिलिपिन्समा आगामी निर्वाचनका लागि पूर्वराष्ट्रपति फेर्डिनान्ड मार्कोसका छोरा तथा पूर्व सिनेटर फेर्डिनान्ड मार्कोस जुनियर र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टे एकै ठाउँमा उभिएका छन् । 

पूर्व राष्ट्रपतिका छोरा मार्कोस जुनियरले राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी सारा डुटेर्टे उपराष्ट्रपतिमा उम्मेदवारी दिएपछि एकै समूह बनाएका हुन् । पूर्वराष्ट्रपति र वर्तमान राष्ट्रपतिका छोरा छोरी नै चुनावी मैदानमा हुँदा यसै पनि रोमाञ्चक भइरहेको फिलिपिन्सको निर्वाचनमा दुवै जना एउटै समूहमा भएपछि थप रोमाञ्चक भएको छ । 

आगामी सन् २०२२ को मेमा हुने निर्वाचनका लागि यही अक्टोबर १ देखि फिलिपिन्समा राष्ट्रपतीय निर्वाचनको प्रक्रिया सुरु भएको छ ।

गत शनिवार उम्मेदवारी दर्ता गराएकी वर्तमान राष्ट्रपतिकी छोरी साराले पहिलो पटक सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आफू पूर्व राष्ट्रपतिका छोरा तथा अहिले राष्ट्रपतिका उम्मेदवार फेर्डिनान्ड मार्कोस जुनियरकै समूहमा रहेको उल्लेख गरेकी हुन् । 

सामाजिक सञ्जाल फेसवकुमा राखिएको भिडियो सम्बोधनमा उनले आफ्को समूहलाई फिलिपिन्सका जनताले सेवा गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । 

राष्ट्रपतिका उम्मेदवार ६४ वर्षीय मार्कोस र उपराष्ट्रपतिकी उम्मेदवार ४३ वर्षीय साराको गठबन्धनलाई फिलिपिन्समा बलियो गठबन्धनका रूपमा हेरिएको छ । 

पूर्वराष्ट्रपति मार्कोसका दुई सन्तानमध्ये एक मात्र छोरा मार्कोस जुनियरले तीन वर्ष अगाडि स्थापना गरेको र आफू नै अध्यक्ष रहेको पार्टीको तर्फबाट उम्मेदवारी दिएका हुन् । 

आफ्ना बुवा राष्ट्रपति भएका बेला उन इल्लोकोस नोर्टे प्रदेशको पहिलो प्रदेश उपप्रमुखमा सन् १९८१ मा निर्वाचित भएका थिए । उनका बुवा सन् १९६५ डिसेम्बर ३० देखि १९८६ फेब्रुअरी २५ सम्म फिलिपिन्सको राष्ट्रपति भएका थिए । उनको निधन १९८९ मा भएको थियो ।

मार्कोस जुनियर सन् २०१० देखि २०१६ सम्म सिनेटरसमेत भएका थिए । सन् २०१६ मा भएको निर्वाचनमा उनले उपराष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्नुपरेका थिए । 

भावी राष्ट्रपतिका लागि उनसहित चर्चित बक्सिङ खेलाडी तथा सिनेटर मान्नी पाक्वुइओ, मनिलाका मेयर फ्रान्सीस्को डोमागोसोले पनि उम्मेदवारी दर्ता गरेका छन् । 

त्यसै गरी उपराष्ट्रपतिमा प्रतिस्पर्धा गर्न लागेकी साराले देशको प्रभावशाली पार्टी लकास सिएमडीको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएकी हुन् । 

उनले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुनेगरी राष्ट्रपतिमै प्रतिस्पर्धा गर्ने तयारी गरेपनि मापदण्ड पुरा नभएकाले अहिले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ