arrow

सीसीपीले जन्मदर बढाउने योजना ल्याए पनि चीनमा विवाह दरमा गिरावट

logo
एजेन्सी,
प्रकाशित २०७८ मंसिर २ बिहिबार
china-flag.jpg
फाइल तस्बिर

बेइजिङ। चिनियाँ कम्युनिस्ट पार्टीले जन्मदर बढाउनका लागि विभिन्न योजनाहरू ल्याए पनि चीनमा विवाह दरमा पनि निरन्तर गिरावट आइरहेको विभिन्न रिपार्ट हरुले देखाएका छन्। चिनियाँ नागरिक मामिला मन्त्रालयका अनुसार  सन् २०२१ को पहिलो तीन महिनामा नव विवाहित दम्पतीको सङ्ख्यामा गिरावट आएको हो। 

सन् २०२० को पहिलो तीन महिनाको तथ्याङ्कसँग तुलना गर्दा उक्त तथ्याङ्कमा गिरावट देखिएको हो। सन् २०२१ को पहिलो तीन महिनामा १.७२ मिलियन जोडीले मात्रै विवाह गरेको पाइएको हो। यसको तथ्याङ्कहरूको विश्लेषण गर्दा विवाह गर्ने दर बिस्तारै खस्किँदै गएको पाइएको छ। 

यसको मुख्य कारण कोभिड १९ मात्र नभएर सरकारले गर्ने प्रतिबद्धताहरूप्रतिको विश्वासमा आएको सङ्कट पनि रहेको छ। सरकारले नव विवाहित जोडीलाई उनीहरूको जीवन सहजताका लागि विभिन्न अफर तथा योजनाहरू सार्वजनिक गरेको भए पनि उक्त योजनाहरूको कार्यान्वयनका लागि भने कुनै पहल नगरेको रेडियो फ्री एसियाले जनाएको छ। 

सीसीपी युथ लिगले गरेको सर्वेक्षण अनुसार सन् १९९५ देखि २००९ सम्म जन्मिएका करिब ३४ प्रतिशत व्यक्तिहरू अर्थात् ३ हजार सहरी सहभागीहरूले विवाह गर्न नचाहेको पाइएको छ। जसमा ४३ प्रतिशत महिलाहरूले उनीहरूले आफू जीवनभर विवाह नै नगर्ने निर्णयमा पुगेको प्रतिक्रिया दिएका छन्। 

उक्त रिपोर्टका अनुसार जति विकसित अर्थतन्त्र बन्दै गयो, मानिसहरू त्यति एक्लै बस्न रुचाउने हुने गरेका छन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ