arrow

जम्मु काश्मीर पर्यटन विभागद्वारा कुपवारामा एक दिने मेला आयोजना

logo
एजेन्सी,
प्रकाशित २०७८ मंसिर २ बिहिबार
kashmir-festival-girl.jpg

कुपवारा। जम्मु काश्मीर पर्यटन विभागले कुपवारा जिल्लाको चाण्डिगामको लोलाबले एक दिने मेला आयोजना गरेको छ। पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जना गर्ने उद्देश्यले उक्त मेला आयोजना गरेको बताइएको छ। 

उक्त एक दिने मेलामा सांस्कृतिक कार्यक्रम, पदयात्रा, नेचुरल वाक, जातीय खानाका परिकारहरू, खेलकुद र अन्य विभिन्न कार्यक्रमहरू गरिएका छन्। भारतीय समाचार एजेन्सी एएनआईलाई जम्मु काश्मीर पर्यटन विभागका निर्देशक डा. जीएनले पर्यटनलाई प्रवर्द्धन गर्न र रोजगारीका अवसरहरू सिर्जना गर्नका लागि एमदिने मेला आयोजना गरिएको बताइएको छ। 

जम्मु काश्मीरका पर्यटकीय गन्तव्यहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको मेलामा विभिन्न ७५ वटा उत्कृष्ट गन्तव्यहरू पहिचान गरिएको छ। स्थानीय र पर्यटकहरूले पर्यटन क्षेत्रलाई थप प्रवर्द्धन गर्नका लागि हौसला प्रदान गरेको बताइएको छ। 

एक स्थानीय जाभेद अहमेद शाहले रोजगारी र पर्यटनका लागि विभिन्न कार्यक्रमहरू गरिएको र यस्ता किसिमका थप कार्यक्रमहरू गर्नुपर्ने बताएका छन्। उक्त मेलामा हजारौँ मानिसहरूको सहभागिता रहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ