arrow

अमेरिकी कूटनीतिज्ञद्वारा 'अमेरिकन चेम्बर अफ कमर्स नेपाल'को स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
AMCHAM-us-nepal.jpg

काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु र उपसहायक विदेश मन्त्री केल्ली किडरलिङको नेपाल भ्रमणका क्रममा अमेरिकन चेम्बर अफ कमर्स(एएमसीएचएएम-AmCham)को स्थापना घोषणा भएको छ ।

नेपालमा अमेरिकी कम्पनीहरूको प्रतिनिधित्व गर्ने शीर्ष व्यापारीहरूसँगको भेटमा अमेरिकन चेम्बर अफ कमर्स नेपालको स्थापना गरिएको काठमाडौँ स्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

विश्वका अन्य मुलुकमा समेत रहेको यस्तो चेम्बर संयुक्त राज्य अमेरिकाको चेम्बर अफ कमर्सको सदस्य हुने दूतावासले जनाएको छ । नेपालमा भने अहिले मात्रै यसको स्थापना भएको हो ।

अमेरिकी कम्पनीहरू र त्यहाँको उत्पादनको प्रवर्द्धनमा योगदान दिन यसले भूमिका निर्वाह गर्ने बताइएको छ।

लोटस होल्डिङ्सका अजित शाह अमेरिकन चेम्बर अफ कमर्स नेपालको संस्थापक अध्यक्ष बनेका छन् । अध्यक्ष शाहसहित निर्मल श्रेष्ठ, अतुल्य रिसाल, कैलाश बियानन्द, आकाश गोल्छा, राज शाह, जयादिन श्रेष्ठ, मंगेशलाल श्रेष्ठ, ओस्कार बतास, असीम एमएस बस्न्यात सञ्जय गोल्छा, साकार पुडासैनी र सेमेन्त दाहाल अमेरिकन चेम्बर अफ कमर्स नेपालको संस्थापक सदस्य बनेका छन् ।

अमेरिकी सहायक विदेश मन्त्री लुले गरिबी हटाउने र भ्रष्टाचारविरुद्ध लड्न चेम्बरले योगदान दिने बताएका छन् । यस्तै किडरलिङले अल्पसङ्ख्यक र महिलालाई औपचारिक अर्थतन्त्रमा ल्याउन भूमिका निर्वाह गर्ने बताएकी छन् ।

बिहीबार नै अमेरिकन चेम्बर अफ कमर्स नेपालको स्थापना घोषणा भएको जानकारी दूतावासले शुक्रवार दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ