प्रकाशमान र शेखरबीच भेट : दुवैले भने मलाई सघाउनुस्
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
772
Shares
काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह र डा.शेखर कोइरालाबीच पार्टीको १४औँ महाधिवेशनमा दिने उम्मेदवारी बारे छलफल भएको छ। नेता सिंहलाई भेट्न कोइराला शुक्रवार उनको ठमेल चाक्सीबारीस्थित निवास पुगेका थिए ।
नेता सिंहले कोइरालाले महाधिवेशनमा आफू सभापतिमा उठ्ने भन्दै सघाउन आग्रह गरेको तर आफूले पनि सोही पदमा उठ्ने तयारी गरेकाले सघाउन आग्रह गरेको बताए। ‘उहाँ सभापतिमा उठ्ने तयारी गरेको छु सघाउनु पर्यो भनेर आउनु भएको थियो, मैले पनि सोही पदमा उठ्दै छु मलाइ सघाउनुस् भनेर भनेँ, एक अर्काले आफ्ना कुरा राख्यौँ,’ भेटबारे जानकारी दिँदै सिंहले हाम्रा कुरासँग भने ।
सिंहले कोइरालालाई मिलाएरै अघि बढ्न आफू तयार रहेको भन्दै फेरी छलफल हुने जानकारी दिए। नेता सिंह र कोइरालाबीच बुधवार विराटनगर विमानस्थलमानसमेत आकस्मिक भेट भएको थियो ।
सो क्रममा दुवै नेताहरू उभिएरै कुराकानी गरेका थिए । सो भेटमा नै बसेर छलफल गर्ने सहमति भएको थियो । सोही आकस्मिक भेटमा भएको छोटो संवाद अनुसार नै आजका लागि दुवै नेताहरू छलफलमा बसेका थिए ।
नेता कोइराला निकट स्रोतले समेत सिंहसँगको भेटवार्ता सकारात्मक भएको भनेको छ।