arrow

युरोपमा महामारीको नयाँ लहर, मार्चसम्म ५ लाखको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
world-health-organization-who.jpg

काठमाडौँ । युरोपमा देखा परिरहेको कोरोना भाइरसको महामारीको नयाँ लहरलाई लिएर निकै चिन्तित भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले जनाएको छ ।

समयमै कदम नचालिएमा युरोपमा फेरि डरलाग्दो अवस्था सिर्जना हुनसक्ने चेतावनी डब्ल्युएचओका अधिकारीले दिएका हुन् ।

यसबिच समयमै कदम नचालिएमा मार्चसम्म युरोपमा ५ लाखको मृत्यु हुनसक्ने डब्ल्यूएचओका युरोप निर्देशक डा. हान्स क्लुगेले चेतावनी दिएका हुन् ।

बिबिसीसँग बोल्दै उनले हिउँद लाग्न थाल्नु, खोप पर्याप्त ठाउँमा नपुग्नु, सङ्क्रमण बढ्नु र डेल्टा भेरिअन्ट बढी सङ्क्रामक भएका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका हुन् । युरोपमा फेरि कोभिड-१९को सङ्क्रमण बढ्न थालेको छ ।

धेरै देशहरूले प्रतिबन्ध लगाउन थालेका छन् भने नेदरल्याण्डले अर्ध लकडाउन लागु गरेको छ । जर्मनीमा पनि खोप नलगाएका मानिसहरूका लागि लकडाउन गरिएको छ भने, चेक रिपब्लिक र स्लोभाकियामा पनि प्रतिबन्ध लागु गरिएको छ ।

यस्तै अस्ट्रियाले सोमबारदेखि लागु हुने गरी पूर्ण लकडाउनको घोषणा गरेको छ भने खोप अनिवार्य गरेको छ ।



नयाँ