arrow

पर्वतमा निःशुल्क आँखा शिविरः ८९२ जनाको परीक्षण, ७७ जनाको अप्रेशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
Eye camp.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १ शंकरटोलस्थित पोखरा व्यवसायिक महिला क्लवले पर्वतमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । 

पर्वतको ढोरपाटन नगरपालिका वडा नं. १ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर आयोजना गरिएको हो । 

क्लवले जर्मनीका माईकल बाउर र साथीहरु संगै बाडेन बाडेनको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा तीन दिने शिविर सम्पन्न गरेको हो । 

शिविर संचालनका लागि ढोरपाटन नगरपालिका, लायन्स क्लव अफ ढोरपाटन, ढोरपाटन चेम्वर अफ कमर्श र बुर्तिबाङ राइजिङ युथ क्लवले सहयोग गरेको थियो ।

कार्यक्रम संयोजक धनेश्वरी पराजुलीका अनुसार शिविरबाट विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, स्थानीय र आसपासका नागरिक लाभान्वित भएका थिए ।

शिविरमा ८९२ जनाको आँखा परीक्षण र आवश्यक औषधि वितरण गरिएको थियो । 

आँखा जाँच गरेकामध्ये ७७ जनाको आँखामा जटिल समस्या देखिएपछि अप्रेशन गरिएको संयोजक पराजुलीले जानकारी दिइन् । 

७७ जनामध्ये सात जनाको दुवै आँखाको अप्रेशन गरिएको उनले बताइन् । उनीहरु शिविरमा उपचारपछि आँखा देख्न सफल भएका छन् । 

कार्यक्रममा ढोरपाटन नगरपालिकाका मेयर देबकुमार नेपालीले शिविरबाट नगरवासीले धेरै लाभ लिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ