arrow

जम्मु काश्मीर :  बडगाममा पहिलो पर्यटकीय गाउँ जगु खैरानको उद्घाटन

logo
एजेन्सी,
प्रकाशित २०७८ मंसिर ६ सोमबार
kashmir-tourist-village-budgam-frist.jpg

बडगाम। जम्मु र काश्मीरको बडगाममा पहिलो पर्यटक गाउँ जुगु खैरानको शनिवार उद्घाटन गरिएको छ। जिल्ला विकास आयुक्त (डीडीसी) शाहबाज अहमद मिर्जाले गाउँको उद्घाटन गरेका हुन्। उनले यस क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्यको रूपमा उदाउने प्रशस्त सम्भावना रहेको बताएका छन्।

"यो जुगु खैरान गाउँ र यसको छेउछाउका बस्तीहरूको लागि यो ठुलो अवसर हो, किनभने यो दिन यस क्षेत्रको सामाजिक आर्थिक उत्थानको नयाँ सुरुवातको दिन हो," उनले भने। यस क्षेत्रलाई पर्यटकीय नक्सामा ल्याइएको छ, जसले जुगु खैरानको भविष्यलाई आकार दिन लामो बाटो तय गरेको विकास आयोगको सूचना र जनसम्पर्क विभागले जनाएको छ।

विश्वास र प्रयासले यो दिन सम्भव भएको र यस क्षेत्रका जनताले निकट भविष्यमा नै परिवर्तनको आभास गर्न पाउने उनले बताएका छन्। मिर्जाले थपे, "यसलाई साकार पार्न यस क्षेत्रको समग्र सामाजिक आर्थिक आयाम र विविधतालाई परिवर्तन गर्न सहयोग, इमानदारी मनोवृत्ति, आतिथ्यता र दृढ प्रतिबद्धता धेरै आवश्यक भएकोसमेत उनले औँल्याएका छन्।" उनले यो सुनौलो अवसरलाई सदुपयोग गरी यस क्षेत्रमा पर्यटकको चाप बढाउन स्थानीय युवाहरूलाई आग्रह समेत गरेका छन्।

स्थानीय युवा क्लबहरू बनाउन र स्थापना गर्ने जिम्मेवारी स्थानीयको नै भएको उल्लेख गर्दै सरकार त्यसका लागि सहयोग गर्न प्रतिबद्ध रहेकोसमेत उनले बताएका छन्। "प्रत्येक युवा क्लबलाई १० लाख रुपैयाँ सहयोग दिइने छ, जसमध्ये ५ लाख सरकारले उपलब्ध गराउने आयुक्तले बताएका छन्,"  आयुक्तले भने।

यो रकम पर्यटकका लागि रात्रि बस्नका लागि आवश्यक पर्ने ठाउँमा पूर्वाधार निर्माणमा खर्च गरिने उनले बताए। इच्छुक व्यक्ति, उद्यमीलाई सरकारद्वारा प्रायोजित विभिन्न योजनाहरू अन्तर्गत आर्थिक सहयोग पनि उपलब्ध गराउन सकिन्छ जसले युवाहरूलाई कुनै पनि प्रकारको उद्यमशीलता सुरु गर्न प्रोत्साहन दिन आवश्यक छ, आयुक्तले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ