arrow

खानीबाट पाँच चिनियाँको अपहरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
chinese-kidnap-mine.jpg

काठमाडौँ । चीनले पूर्वी कङ्गोको खानी क्षेत्रबाट आफ्ना पाँच नागरिकको अपहरण भएको बताएको छ । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको राजधानी किन्शासास्थित चिनियाँ दूतावासले आफ्ना पाँच नागरिक अपहरणमा परेको जानकारी दिएको हो ।

रुवान्डा, बुरुन्डी र तान्जानियासँग सीमा जोडिएको दक्षिण किभु प्रान्तको खानीबाट आफ्ना नागरिक अपहरणमा परेको दूतावासले विच्याटमा पोस्ट गर्दै जानकारी दिएको हो । आसपासका प्रान्तमा सुरक्षा खतरा भएको भन्दै अहिले त्यहाँ रहेका चिनियाँ नागरिकलाई सो क्षेत्र छोड्नसमेत भनिएको छ ।

अपहरित नागरिक कसका लागि काम गर्छन् र अपहरण कसले गरेको हुनसक्छ भन्ने विषयमा कुनै जानकारी भने बाहिरिएको छैन । दूतावासले सबै चिनियाँ नागरिक, सङ्घसंस्था र चिनियाँ लगानी रहेका व्यापार व्यवसायीहरुलाई सचेत रहन आग्रह गरेको छ ।

चीनले खानी एवं अन्य क्षेत्रबाट नाफा लिनका लागि असुरक्षाका बाबजुद पनि कङ्गो लगायतका अफ्रिकी मुलुकहरूमा लगानी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ