arrow

युरोपमा लकडाउनविरुद्ध हिंसात्मक प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
europe-protest.jpg

काठमाडौँ । युरोपेली मुलुकहरूमा कोभिड-१९को नियन्त्रणका लागि जारी लकडाउन एवं प्रतिबन्धको विरोधमा भइरहेका प्रदर्शनहरू हिंसात्मक हुँदै गएका छन् । 

शनिवार मात्रै नेदरल्यान्डको हेगमा कोभिड-१९को महामारी नियन्त्रण गर्न लागु प्रतिबन्धको विरोधमा व्यापक प्रदर्शन भएको छ । सो क्रममा पाँच प्रहरी घाइते भएको छन् ।

शनिवार देखि नेदरल्यान्डले अर्ध लकडाउनको नीति ल्याएको थियो भने अब, खोप नलगाएका मानिसहरूलाई लक्षित गर्दै लकडाउन गर्ने भएको छ । यस्तै नेदरल्यान्डको एम्स्टर्डममा समेत शान्त पूर्वक प्रदर्शन भइरहेको छ ।

यस्तै अस्ट्रियाको राजधानी भिएन्नामा  ४० हजार मानिसले लकडाउन विरुद्धमा प्रदर्शन गरेका छन् । कोभिड१९ सम्बन्धित यो अहिलेसम्मकै ठुलो प्रदर्शन मानिएको छ । 

अस्ट्रियाले सोमबारदेखि देशव्यापी लकडाउन जारी गर्दै छ भने, अर्को वर्षको फेब्रुअरीदेखि कोभिड१९विरुद्धको खोप अनिवार्य गर्ने भएको छ ।

फ्रान्सले क्यारेबियन टापु ग्वाडेलोपमा दर्जनौँ प्रहरी पठाएको छ । शुक्र बारदेखि घरमै बस्न निर्देशन दिएपछि ग्वाडेलोपमा रातभर लुटपाट एवं आगजनीजस्ता आतङ्कित गतिविधिहरू भइरहेका छन्।

यस्तै कोरोना भाइरसको नियन्त्रणका लागि लागु नयाँ प्रतिबन्धको विरोधमा क्रोएसियाको राजधानी जाग्रेब झन्डै १५ हजारले प्रदर्शन गरेका छन् । उता डब्ल्युएचओले तत्काल नियन्त्रणका लागि कदम नचालिएमा युरोपमा मार्चसम्म ५ लाख जनाले ज्यान गुमाउने चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ