arrow

आसियान-चीन सम्मेलन : दक्षिणपूर्वी एसियाली राष्ट्र एकजुट, सीले भने 'धम्की दिदैनाैँ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
asean-summit.jpeg

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)सँगको सम्मेलनमा चीनले दक्षिण पूर्वी एसियाली क्षेत्रमा प्रभुत्व नजमाउने टिप्पणी गरेका छन् ।

दक्षिण पूर्वी एसियाली राष्ट्र बुर्नई, कम्बोडिया, इन्डोनेसिया, लाओस्, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्यान्ड र भियतनाम बिचको सङ्गठन (आसियान)का राष्ट्र प्रमुख र चिनियाँ राष्ट्रपति सी बिच सोमबार सम्मेलन भएको हो । सम्मेलनमा सैन्य कु रहेको म्यानमार भने सहभागी छैन ।

दक्षिण चीन सागरमा फिलिपिन्स, ब्रुनाई, मलेसिया लगायतका देश र चीनबीच विवाद रहेका बेला सम्मेलनमा बोल्दै  चिनियाँ राष्ट्रपति सीले भनेका छन्, 'आधिपत्य र शक्ति राजनीतिको चीन दृढतापूर्वक विरोध गर्छ ।'

आसियान र चीनबीचको सम्बन्धको तेस्रो दशकका अवसरमा सम्बोधन गर्दै चीनले यो क्षेत्रमा दिगो शान्ति चाहेको सीको भनाइ छ । तर चीन आफैले अर्कोतर्फ दक्षिण चीन सागरको मामिलामा जुनसुकै हदसम्म जान सक्ने टिप्पणी गर्ने गरेको छ । 

आसियानसँगको सम्मेलनमा सीले भनेका छन्, 'साना राष्ट्रहरूलाई ठूला देशको रूपमा धम्की कुरा त छोड्नुहोस् चीनले कहिल्यै प्रभुत्व गर्न खोज्ने छैन ।'

सीले सम्मेलनमा यस्तो कुरा गरिरहँदा केही गत हप्ता मात्रै ढुवानी गरिरहेको फलिपिनो डुङ्गालाई चिनियाँ पक्षले पानी तोप चलाएर आक्रमण गर्न खोजेको थियो ।

गत महिना मात्रै आफ्नो क्षेत्राधिकार रहेको दक्षिण चीन सागर क्षेत्रमा चिनियाँ जहाजहरूले आक्रमण गरेको आरोप मलेसिया र फिलिपिन्सले लगाएका थिए ।

मलेसियाका प्रधानमन्त्री इस्माइल साबरी याकोबले सोमबार भिडियो सन्देश मार्फत आसियानका नेताहरू र सीलाई 'दक्षिण चीन सागरको विवाद अन्तर्राष्ट्रिय कानुन र विश्वव्यापी मान्यताका सिद्धान्त अनुसार शान्तिपूर्ण र रचनात्मक रूपमा समाधान गरिनुपर्ने' बताएका छन् ।

उनले समुद्री सम्झौतामा संयुक्त राष्ट्र सङ्घको महासन्धिमार्फत सहमति गर्नुपर्ने कुरा अघि सारेका हुन् । जस अनुसार दक्षिण चीन सागरमा चीनको दाबी अवैधानिक हो तर, चीनले यो महासन्धिको उल्लङ्घन गर्न खोजिरहेको आरोप छ ।

यस्तै फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले 'पानीको विवाद बल प्रयोग गरेर समाधान हुन नसक्ने' बताएका छन् । यसरी सम्मेलनमा दक्षिण पूर्वी एसियाली राष्ट्रहरु दक्षिण चीन सागरको मामिलामा एकजुट भएको संकेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ