arrow

बेलायतमा घटेन कोरोना, एकैदिन ४० हजार जनामा संक्रमण

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर ६ सोमबार
corona-test-england.jpg

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको यहाँको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जना यो भाइरसका संक्रमित भेटिएका छन् ।

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार यहाँ आइतबार थप ४० हजार जनामा एकै दिनमा संक्रमण भएको छ । यो समेत गरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ९८ लाख नाघेको छ । 

यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण ६१ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार जनाको मृत्यु भएको छ । 

बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

यहाँका १६ वर्षमाथिका झन्डै ९३ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८७ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ । 

तर पनि पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको सरकारी अधिकारीहरूले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ