arrow

चीनले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठायो

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर ६ सोमबार
china afghanistan.png

उरुमकी । चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । चिसो मौसमका लागि भन्दै चीनले यस्ता सामग्री पठाएको हो । यी सामग्रीहरू लिएर उत्तरी चीनको होग्रोस बन्दरगाहबाट आइतबार एक रेल अफगानिस्तानतर्फ लागेको हो । सो रेल सोमबार अफगानिस्तान पुग्ने बताइएको छ । 

अफगानिस्तानका लागि सो रेलमा करिब एक हजार टन सामग्री पठाइएको चिनियाँ अधिकारीले जनाएका छन् । ती अधिकारीका अनुसार चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ । यी सामग्रीहरूमा खाद्यान्न र लत्ता कपडा रहेका छन् । 

जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरू पनि त्यहाँ पठाइएको समाचारमा जनाइएको छ । 

चीनले गएको जुन महिनाको अन्त्यदेखि नियमित रूपमा चीनलाई सहयोग सामग्री पठाएको छ । चिनियाँ अधिकारीले त्यसयता अफगानिस्तानका लागि २ हजार ६०० टन यस्ता सामग्री पठाएको जनाएको छ । 

अफगानिस्तानका तालिबानहरूले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेका थिए । त्यसयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ