arrow

चलिरहेको बसमा आगो लाग्दा बुल्गेरियामा ४५ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
bulgeria.jpg

काठमाडौँ । पश्चिमी बुल्गेरियामा मङ्गलवार बिहान एक बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन्। मृत्यु हुनेमा १२ बालबालिकासमेत रहेको बताइएको छ ।

राजमार्गमा चल्दै गरेको अवस्थामा गाडीमा  आगो लागेपछि दुर्घटना हुन पुगेको हो । के कारण आगो लाग्न पुग्यो भन्ने विषयमा भने जानकारी भने आइसकेको छैन र यस विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

मृत्यु हुनेमा बढी जसो उत्तरी म्यासेडोनियाका नागरिकहरू रहेको बताइएको छ । बस पनि उत्तरी म्यासेडोनियाकै रहेको बताइएको छ ।

बसमा आगो लाग्दै गर्दा हाम फालेर बाँच्न सफल ७ जनालाई अस्पताल लगिएको र अहिले उनीहरूको अवस्थामा स्थित रहेको बताइएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ