arrow

काठमाडौमा गोली चल्यो (अपडेट)

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1634890023.png
काठमाडौं । काठमाडौको सुन्धारामा बिहानै गोली चलेको छ । अवैध हतियारधारीलाई नियन्त्रणमा लिन खोज्दा महानगरीय अपराध महाशाखाले गोली चलाउनु परेको हो । 
 
प्रहरीको गोली लागी अवैध हतियारधारी एक जना घाईते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि विर अस्पतालमा भर्ना गरिएको छ । घाइते हुनेमा प्रहरी सेवाबाट एसएलआर हतियार सहित भागेका पुर्वप्रहरी जवान छोटेलाल ठाकुर रहेका छन् । 
 
उनी लुम्बिनी पाहुना घरमा बसेको थाहा पाएपछि प्रहरीले उनलाई खोज्न होटलमै गएको थियो । होटलको ढोका खोलेर उनलाई पक्राउ गर्न खोज्दा ठाकुरले फायरिङ गरेपछि जवाफी फायरीङ गर्ने क्रममा उनको घुँडामा दुई वटा गोली प्रहार गरेको प्रहरीले जनाएको छ । 
 
ठाकुरको साथबाट प्रहरीले एउटा चाइनिज पेस्तोल र एउटा कटुवा पेस्तोल सहित केही राउण्ड गोली समेत बरामद गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ