arrow

नेपाल भारतबीच एक अर्का देशमा लगाएको खोपलाई मान्यता दिने सम्झाैता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
india-nepal-vaccine.jpg

काठमाडौँ । नेपाल र भारत सरकारबीच एक अर्काको देशमा लगाएको कोभिड-१९विरुद्धको खोपलाई मान्यता दिने सम्झौता भएको छ । मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कोभिड-१९विरुद्धको खोप लगाएको प्रमाणपत्रलाई पारस्परिक मान्यता दिने सहमति भएको हो ।

सो सहमति पत्रमा नेपालका तर्फबाट स्वास्थ्य सचिव डा. रोशन पोखरेल र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाको उपस्थितिमा खोप प्रमाणपत्रलाई पारस्परिक मान्यता दिने सम्झौता भएको काठमाडौँ स्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

अब नेपालमा खोप लगाएका नागरिकले भारत र भारतमा कोराना भाइरस विरुद्धको खोप लगाएका नागरिकले नेपालमा मान्यता पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ