arrow

बढ्दो संक्रमण, दुई युरोपेली देशमा यात्रा नगर्न अमेरिकाको सल्लाह

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
corona-covid-dalta-plus.jpg

वासिङ्टन । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको  छ ।  यी दुवै देशमा कोभिड-१९ को संक्रमण फेरि बढ्दो क्रममा छ । 

सीडीसीले यी दुई युरोपेली देशहरूमा यात्रा गर्नबाट जोगिनुपर्ने जनाएको छ  जसलाई "लेभल फोर" सूचनाको रूपमा जारी गरिएको छ । यात्रा नै गर्नु पर्ने  भए जो कोहीले पहिले पूर्ण रूपमा खोप लगाउनुपर्ने जनाइएको छ ।

सिडिसिले हाल विश्वभरका ७५ गन्तव्यहरू स्तर चारमा सूचीबद्ध गरेको छ जसमा विगत २८ दिनमा प्रति १०००,००० बासिन्दामा ५०० भन्दा बढी संक्रमण देखिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ