arrow

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
imran-khan-PM.jpg

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराएर सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । 

पछिल्ला दिनमा अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै यहाँका नागरिकलाई खाद्यान्न तथा औषधि र लत्ताकपडाकै समस्या रहेकाले सबैको सहयोग आवश्यक रहेको उनले बताएका हुन्। 

उनले विश्वका दाता राष्ट्रहरु तथा विदेशी समुदायलाई यस्तो सहयोगको आग्रह गरेका हुन् । सोमबार मात्र अफगानिस्तानका लागि चीन र इरानले सहायता सामग्रीहरु प्रदान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ