arrow

चीनमा जन्मदर सन् १९७८ यताकै कम, १ हजार जनाबाट ८ बच्चा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
china.jpg

काठमाडौँ । चीनको जन्मदर सन् १९७८ यताकै न्यून स्तरमा झरेको छ । चीनको राष्ट्रिय तथ्याङ्कको ब्युरोले सार्वजनिक गरेको डाटाले प्रति एक हजार जनाबाट ८.५ बच्चा जन्मिरहेको देखाएको हो ।

यस्तै दश वर्षयता पहिलो पटक जन्मदर १० भन्दा तल झरेको हो भने यो सन् १९७८ यताकै न्यून जन्मदर हो । तथ्याङ्क अनुसार चीनमा जन्मदर र मृत्युदरलाई विश्लेषण गरेर हेर्दा प्राकृतिक जनसङ्ख्या वृद्धिदर १.४५ मात्रै देखिएको छ ।

दशकौँसम्म बच्चा जन्माउने विषयमा नीतिगत हस्तक्षेप गरेपछि र अहिले जीवनयापन महँगिँदै गएपछि चीन जनसङ्ख्याको गिरावट रोक्न दबाबमा परेको छ ।

चीनले के कारणले जन्मदरमा यति ठुलो गिरावट आयो भन्ने कारण नदेखाए पनि बच्चा जन्माउने उमेरका महिलाहरूको सङ्ख्यामा तुलनात्मक कमी र परिवार हुर्काउने बढ्दो लागतलाई जनसङ्ख्याकीहरुले औँल्याएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ