arrow

चिनियाँ महिलाको अन्तरिक्ष यात्रा, परम्परागत लैङ्गिकताको पर्बाह नगरेको आरोप

logo
एजेन्सी,
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
china-wonan-space-isa.jpg
फाइल तस्बिर

बेइजिङ। चिनियाँ महिला वाङ यापिङले अन्तरिक्ष यात्रा गरेपछि केही आलोचक तथा चिनियाँ सञ्चारमाध्यमहरूले परम्परागत चिनियाँ लैङ्गिकताको पर्बाह नगरेको आरोप लगाएका छन्। तर, धेरैले भने उनको प्रशंसा गरेका छन्।

उनले आफ्नो लैङ्गिक मान्यताभन्दा माथि उठेर अन्तरिक्ष यात्रा तय गरेको जनाइएको छ। चिनियाँ सञ्चारमाध्यम सिक्स्थ टोनले एक चिनियाँ महिला अधिकारीलाई उदृद्ध गर्दै वाङमा आफूले प्राप्त गरेको सबैभन्दा ठुलो इम्प्रेसन भनेको उनले आफूलाई महिलाको रूपमा नहेरेको जनाएको छ।

४१ वर्षीय वाङ अन्तरिक्ष यात्रा गर्ने पहिलो महिला अन्तरीक्षयात्रीको रूपमा पछि सूचीकृत भएकी छन्। एक चिनियाँ अधिकारीले महिलाहरूले नगर्ने काम वाङ गरेको भन्दै आलोचना गरेको एक भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत भएको थियो।

वाङले लैङ्गिकताको प्रश्नहरू खेपेको यो पहिलो पटक भने होइन। उनले यसअघि पनि विभिन्न आरोपहरूको सामना गरेका तर अन्तरीक्षयात्रीको पहिरन लगाइसकेपछि उनले महिला भएको पनि बिर्सिएको अनुभव गरेको अर्को एक चिनियाँ महिला अधिकारीले जनाएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ