arrow

दिव्यमणी राजभण्डारी कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
divyamani-rajbhandari2.JPG
तस्वीर–फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारी १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका छन् । राजभण्डारी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । 

आदिवासी जनजाति नेता राजभण्डारी सबैभन्दा बढी २२३ मत ल्याएर विजयी भएका हुन् । उनले खसेको ३०५ मध्ये २२३ मत ल्याएका हुन् । उनले कूल खसेको मतको ७३.१२ प्रतिशत मत पाएका हुन् । 

उनी राणाशासन विरुद्धको आन्दोलनदेखि निरन्तर रुपमा सक्रिय कांग्रेसको पुरानो परिवारका सदस्य हुन् । 

उनी सांसद भएपछि नैतिकता प्रदर्शन गर्दै व्यवसायीक जीवनबाट अलग भएका थिए । 

कांग्रेसको आर्थिक व्यवस्थापन समितिका सल्लाहकार रहेका राजभण्डारीले उद्योग तथा बाणिज्य क्षेत्रमा दख्खल राख्छन् । उनी नियमित रुपले संसदमा उपस्थित भएर जनचासोका विषयमा सरकारलाई झक्झक्याउँदै आएका छन् । 

राजभण्डारी समाजसेवामा समेत उत्तिकै सक्रिय छन् । अनुशासित राजभण्डारीलाई केन्द्रीय सदस्यमा चुनाव लड्नका लागि दवावसमेत आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ