भक्तपुर २ को क्षेत्रीय सभापतिमा भेषबहादुर कार्की विजयी
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
975
Shares
काठमाडौँ। नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा भेषबहादुर कार्की निर्वाचित बनेका छन्। उनी संस्थापन इतर खेमाका हुन्।
उनी ३६० मत ल्याउँदै सो क्षेत्रको क्षेत्रीय सभापति निर्वाचित भएका हुन्। सो क्षेत्रमा विदुरमानसिंह बस्नेत पराजित भएका छन्।
यसै गरी सो क्षेत्रको क्षेत्रीय सचिव पदमा ईश्वर खड्का र सविन ढुङ्गेल निर्वाचित भएका छन् भने सहसचिवमा सुसन प्रजापति र मिलन चित्रकार श्रेष्ठ निर्वाचित भएका छन्।
सो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिहरूमा रमा कोइराला पौडेल, अन्जनादेवी मझिकर्मी, प्रमीला सुवेदी आचार्य, कमला कर्माचार्य महिला खुलातर्फ निर्वाचित भएका छन्। पौडेल भने काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य हुन्। उनी संस्थापन समूह निकट छिन भने अन्य इतर समूहबाट विजयी बनेका हुन्।
यसै गरी खुलातर्फ संस्थापन समूह निकटका दुर्लभ थापा, मदनकृष्ण श्रेष्ठ, नारायणभक्त खाइमली, विष्णुराज कार्की, मुरारीप्रसाद आचार्य तथा इतर समूह निकट उद्धव सिलवाल, राजनकाजी क्वाटी, गणेशमान चक्रधर, अष्टकुमार कवे, सन्तोष भट्टराई निर्वाचित भएका छन्।यसै गरी आदिवासी जनजातितर्फ दिलकृष्ण प्रजापति, ज्ञानदास प्रजापति र रामकाजी चक्रधर विजयी भएका छन्। दिलकृष्ण संस्थापन र अन्य इतर निकट हुन्।
यसै गरी खसआर्य महिलातर्फ सङ्गीता थापा र सुमित्रा सापकोटा निर्वाचित भएका छन्। उनीहरू दुवै जना इतर समूह निकट हुन्।
यसै गरी खसआर्य खुलातर्फ उमेश खड्का, अच्युतप्रसाद मिश्र र लक्षुराम न्यौपाने निर्वाचित भएका छन्। खड्का संस्थापन र मिश्र र न्यौपाने इतर समूहका हुन्।
यसै गरी दलित खुलातर्फ पूर्ण नेपाली विसंखे तथा मुस्लिम तथा अपाङ्गतर्फबाट कंसबहादुर कुजु निर्वाचित बनेका छन्। विसंखे भने संस्थापन निकट हुन्।