arrow

चीनद्वारा इराकका सबै पक्षलाई सरकार निर्माणमा सघाउन आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर ८ बुधबार
china-neighbour.jpg

संयुक्त राष्ट्रसंघ । इराकका सबै पक्षलाई हिंसा रोकेर सरकार निर्माणको काममा सहयोग गर्न चीनले आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका लागि चिनियाँ सहायक स्थायी प्रतिनिधि चेङ सुआङले सो धारणा राखेका हुन् । 

उनले इराकले सम्पन्न गरेको आमनिर्वाचनप्रति पनि खुशी व्यक्त गरेका थिए । उनले इराकले शान्तिपूर्ण रुपमा र आम सहभागितामा गरेको निर्वाचन प्रशंसनीय रहेको उनले बताए ।

इराकमा हिंसा मच्चाइरहेका सबै पक्षले अब सरकार निर्माणमा सहयोग गर्ने र आफूहरु पनि सरकारमा जाने वातावरणका लागि लाग्नुपर्ने उनले बताएका थिए  ।उनले भनेका छन्– हामी इराकका सबै पक्षलाई आफ्ना कुराहरु शान्तिपूर्ण रुपमा राख्न, आफ्ना मागहरु आफूहरु नै सरकारमा गएर पूरा गर्न र सबै प्रकारका मागहरु शान्तिपूर्ण रुपमा र वार्ताका माध्यमबाट पूरा गर्ने वातावरण बनाउन माग गर्दछौँ ।

साथै उनले यही नोभेम्बर ७ मा इराकका प्रधानमन्त्रीमाथि भएको हिंसात्मक हमलाको पनि निन्दा गरेका छन् । यसरी गरिने हिंसा र आतङ्कका घटनाहरुबाट कसैको पनि माग पूरा नहुने र यस्तो बाटो कसैले पनि अवलम्बन गर्न नहुने पनि उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ