arrow

म्याग्डालेना एन्डरसन बनिन् स्विडेनकी पहिलो महिला प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
magdalena Andersson.jpg

काठमाडौँ । स्विडेनको संसद्ले अर्थमन्त्री समेत रहेकी म्याग्डालेना एन्डरसनलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गरेको छ । यससँगै उनी स्विडेनको इतिहासकै पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।

हाल प्रधानमन्त्री रहेका स्टेफान लोफभेन अब, स्वीडीस सोसल डेमोक्रेटिक पार्टीका अध्यक्ष रहने छन् । ३४९ सदस्य रहेको स्विडेनको संसद्मा म्याग्डालेनाको पक्षमा ११७ मत खसेका थिए । उनको विपक्षमा १७४ मत खसेका थिए भने, ५७ सांसद अनुपस्थित रहेका थिए ।

भोट हारे पनि विपक्षमा बहुमत चाहिने स्वीडीस कानुनका कारण ५४ वर्षीया म्याग्डालेना प्रधानमन्त्रीमा चयन हुन पुगेकी हुन् । सन् १९९६ मा तत्कालीन प्रधानमन्त्री गोरन पियरसनको राजनीतिक सल्लाहकार हुँदै उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन् । म्याग्डालेना स्वीडीस सोसल डेमोक्रेट पार्टीकी नेतृ हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ