arrow

पाकिस्तानका प्रधानमन्त्रीले भने- हामीसँग देश चलाउने पैसा छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
Imran-Khan-PTI2_19_2019_000174B1.jpg

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउन पैसा नभएको र विदेशी ऋण बढ्दै गएको बताएका छन् । मङ्गलवार इस्लामाबादमा चिनी उद्योगका लागि सङ्घीय राजस्व ब्युरो (एफबीआर) को ट्र्याक एन्ड ट्रेस सिस्टम (टीटीएस) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री खानले स्रोतसाधनको अभावका कारण सरकारले जनताको हितमा खर्च गर्न नसकेको टिप्पणी गरेका छन् । खानले बढ्दो विदेशी ऋण र कम कर एवं राजस्व उठ्नु  राष्ट्रिय सुरक्षाको मुद्दा बनेको बताए।

उनले कर नतिर्ने प्रचलित संस्कृति औपनिवेशिक कालको विरासत भएको टिप्पणी समेत उनले गरेका छन् । पछिल्ला ४ महिनामा मात्रै ३.८ अर्ब अमेरिकी डलर बराबरको ऋण थपिएको बताएका छन् ।

प्रधानमन्त्री खानले पाकिस्तानमा कर तिर्ने संस्कृति नबस्दा झनै समस्या उत्पन्न भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ