arrow

नेपालसहित ११० प्रजातान्त्रिक मुलुकका प्रतिनिधिलाई बाइडेनको निमन्त्रणा

logo
एएफपी,
प्रकाशित २०७८ मंसिर ८ बुधबार
deuba-biden.JPG

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरूलाई निमन्त्रणा गरेका छन् ।  बाइडेनले आयोजना गरेको प्रजातान्त्रिक शिखर सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल नेपालसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरूलाई निमन्त्रणा गरेका हुन् । 

भर्चुअल माध्यमबाट हुने सम्मेलनमा एक सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।   लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागीताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिहरूलाई निमन्त्रणा गरेका हुन् । 

सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र मालदिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

बङ्गलादेश, भुटान, श्रीलङ्का र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरूको सूचीमा छैन । 

बाइडेन प्रजातान्त्रिक मुलुकहरूबिच सम्बन्धलाई मजबुद् बनाउन सम्मेलनको आयोजना गरेको बताउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ