arrow

दोहामा अमेरिकासँग तालिबानको वार्ता, नयाँ अध्याय सुरु हुने विश्वास

logo
एएफपी,
प्रकाशित २०७८ मंसिर ८ बुधबार
taleban1.jpg

काबुल । आगामी साता दोहामा संयुक्त राज्य अमेरिका र अफगानी तालिबान समूहबिच हुने वार्ताले अमेरिकासँगको राजनैतिक सम्बन्धमा ‘नयाँ अध्याय’ खोल्ने उक्त समूहले बुधबार जानकारी गराएको छ ।
 
अक्टोबर ९–१० मा कतारको राजधानीमा दुई पक्षबिच भएको भेटवार्तापछि तालिबानसँग वार्ता जारी रहने वासिङ्टनले मङ्गलवार जानकारी गराएको थियो । 

तालिबान समूहले आफ्नो आधिकारिक अरबी ट्विटर अकाउन्टमार्फत सार्वजनिक विज्ञप्तिमा भनेको छ, “आगामी हप्ता कतारमा अफगानिस्तान र अमेरिकाबिच वार्ताको नयाँ चरण सुरु हुनेछ ।”  

वार्ताले दुई देशबिचको राजनीतिक सम्बन्धमा ‘नयाँ अध्याय खोल्ने’ आर्थिक मुद्दाहरूको समाधान गर्ने र अघिल्लो दोहा सम्झौतामा भएका सर्तहरूको कार्यान्वयनबारे छलफल गर्ने बताइएको छ ।”

अमेरिकी विदेश मन्त्रालयले प्रस्तावित दुई हप्ताको वार्ताले इस्लामी राज्य अफगानिस्तान र अल–कायदा समूहको खतराका साथसाथै मानवीय सहायता विरुद्ध लड्ने जस्ता विभिन्न मुद्दाहरूमा छलफल गर्ने बताइएको छ ।

वार्ताले २० वर्षे युद्धको दौडानमा अमेरिका तथा पश्चिमी मुलुकहरूलाई सहयोग गरेका अमेरिकी नागरिक तथा अफगानीहरूका लागि अफगानिस्तानबाट सुरक्षित मार्ग कसरी प्रदान गर्ने भन्ने कुरामा पनि ध्यान केन्द्रित गर्ने बताइएको छ ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि थोमस वेस्टले गर्नेछन् ।

गत हप्ता वेस्टले वासिङ्टनबाट तालिबानलाई निश्चित सर्तहरूमा आधारित भएर मात्र कुनै पनि आर्थिक तथा कूटनीतिक सहयोग गर्न सकिने बताएका थिए ।

उनले तालिबानले समावेशी सरकार स्थापना गर्नुपर्ने, अल्पसङ्ख्यक, महिला तथा बालिकाको अधिकारको सम्मान गर्नुपर्ने र शिक्षा र रोजगारीमा समान पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय समुदायबाट अझै औपचारिक मान्यता नपाएको तालिबान सरकारका विदेश मन्त्री अमिर खान मुट्टाकीले गत हप्ता अमेरिकी सांसदलाई खुल्ला पत्रमा अमेरिकाद्वारा विभिन्न सर्तमा रोकेको अफगान सम्पत्तिलाई नरोक्न आह्वान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ