arrow

पहिलो महिला प्रधानमन्त्रीबाट शपथ खाएकै दिन राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
sweden-politics.jpg

काठमाडौं । स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री माग्दालिना एन्डर्सनले प्रधानमन्त्री भएको केही घण्टापछि नै राजीनामा दिएकी छिन् । पहिलो महिला प्रधानमन्त्री भएर कीर्तिमान बनाएकी माग्दालिनाले शपथ खाएकै दिन राजीनामा दिएर अर्को कीर्तिमान बनाएकी छिन् । 

स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार ५४ वर्षीया एन्डर्सन प्रधानमन्त्री भएकी थिइन् । इलाभेन्थ आवरमा गठबन्धन सरकार बनेको थियो । 

तर गठबन्धनमा रहेको ग्रिन्स पार्टीले बजेट पारित गर्नका लागि साथ नदिएपछि सोसल डेमोक्रेट पार्टीकी नेतृ एन्डर्सनले राजीनामा दिएको बीबीसीले लेखेको छ । उनले तत्काल सभामुख समक्ष आफूले सोसल डेमोक्रेटको एकल सरकार बनाउने भन्दै पुनः प्रधानमन्त्री नियुक्त गर्न आग्रह गरेकी छिन् । 

सभामुखले भने संसदमा रहेका आठ वटै पार्टीसँग छलफल गरेपछि निर्णय लिने भएका छन् । राजीनामा दिएपछि एन्डर्सनले सन् २०२२ सेप्टेम्बरमा हुने अगामी निर्वाचनमा आफ्नो पार्टी सोसल डेमोक्रेटिकले बहुमत ल्याउने र पुनः प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ