arrow

नेपाललाई विकासशील राष्ट्रको सूचीमा राख्ने प्रस्ताव संयुक्त राष्ट्र सङ्घद्वारा अनुमोदन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
UNGA_BG.jpg

काठमाडौं । नेपाललाई अति कम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको सुचीमा राख्ने प्रस्ताव संयुक्त राष्ट्र सङ्घको महासभाबाट सर्वसम्मतिले अनुमोदन भएको छ । महासभामा नेपालसँगै बंग्लादेश र लाओसलाई पनि अति कम विकसितबाट विकासशील राष्ट्रको सूचीमा राख्ने प्रस्ताव स्वीकृत भएको हो । 

बिहीबार बिहान अमेरिकाको न्युयोर्कमा बसेको राष्ट्र सङ्घको छैटौँ सत्रको ४०औँ बैठकले यो प्रस्ताव अनुमोदन गरेको हो।संयुक्त राष्ट्र सङ्घले एक विज्ञप्ति जारी गर्दै नेपाल, बंग्लादेश र लाओसलाई अति कम विकसितबाट विकासशील राष्ट्रकारुपमा राख्न पेस भएको मस्यौदा प्रस्तावलाई महासभाले सर्वसम्मतिले स्वीकृत गरेको जानकारी दिएको हो ।

यद्यपि कोरोना भाइरसको महामारीले अति कम विकसित मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पारेको भन्दै अबको पाँच वर्षसम्म अति कम विकसित मुलुकले पाउने सेवा सुविधाहरू उपलब्ध हुने भएको छ ।

५ वर्षपछि अर्थात् सन् २०२६ मा मात्रै नेपाल, बंग्लादेश र लाओस विकासशील मुलुकको सूचीमा उक्लिनेछन् । त्यतिन्जेलको यो समयलाई तयारी अवस्थाका रूपमा मानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ