arrow

यातनाको आरोप लागेका युएईका जनरल बने इन्टरपोलको अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
interpol-raisi-uae.jpg

काठमाडौँ । इस्तानबुलमा भएको महासभामार्फत इन्टरपोलको अध्यक्षमा युनाइटेड अरब एमिरेट्सका आईजी अहमद नासेर अल रैसी चुनिएका छन् । युएईको सैन्य बलका प्रमुख समेत रहेका अहमद नासेर अल रैसीले अब चार वर्षको कार्यभार सम्हाल्ने भएका हुन् ।

फ्रान्स र टर्कीमा केही महिनाअघि रैसीविरुद्ध यातनाको उजुरी परेको थियो। यसै कारण उनी विवादास्पद बनेका छन् । पछिल्लो समय युएईले इन्टरपोललाई राम्रो आर्थिक सहयोगसमेत गरेको छ । यसै कारण युएईमाथि पनि प्रश्न उठेको छ ।

११ नोभेम्बरमा तीन युरोपेली संसद्का सदस्यहरूले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनलाई पत्र लेख्दै जनरलको नियुक्तिले इन्टरपोलमा पार्ने प्रभावबारे चेतावनी समेत दिएका थिए ।

यस्तै अक्टोबर २०२० ह्युमन राइट्स वाच लगायतका १९ सङ्घ संस्थाहरूले इन्टरपोलको अध्यक्षमा रैसीको सम्भावित छनोटको बारेमा चिन्ता व्यक्त गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ