arrow

दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ ‘भेरियन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

logo
एएफपी,
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
corona-covid-dalta-plus.jpg

जोहानेसबर्ग । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड-१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा संक्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।

“दुःखको कुरा, हामीले एउटा नयाँ विविधता भएको भाइरस पत्ता लगायौँ र यो नै दक्षिण अफ्रिकामा संक्रमण दर बढ्नुको चिन्ताको कारण हुनसक्छ,” भाइरलोजिस्ट टुलियो डे ओलिभेराले पत्रकार सम्मेलनमा बताए । 

बी.१.१.५२९ वंश संख्या मानेको यसद्य भेरियन्टमा ‘धेरै संख्यामा उत्परिवर्तनहरू रहेको उनले बताए । 

दक्षिण अफ्रिकाबाट आएका यात्रुमाझ बोत्स्वाना र हङकङमा पनि यो पत्ता लागेको उनले बताए ।

स्वास्थ्य मन्त्री जो फाहल्लाका अनुसार विरामीमा देखिएको समस्याका पछाडि यो विविधता ‘गम्भीर चिन्ताको’ विषय भएको छ । दक्षिण अफ्रिकामा यस महिनाको सुरुतिर १०० जनाको दरमा दैनिक कोभिड संक्रमित देखिएकोमा बुधबारको संक्रमण एक हजार २०० भन्दा बढी पाइएको छ । 

गत वर्ष दक्षिण अफ्रिकामा यो भाइरसको ‘बीटा’ भेरिउन्ट भेटिएको थियो यद्यपि अहिलेसम्म यहाँ संक्रमितहरूमा डेल्टा भेरियन्ट नै बढी पाइएको थियो ।डेल्टा भेरियन्ट सुरुमा भारतमा पत्ता लागेको थियो ।

अफ्रिका महादेशभरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको संख्या दक्षिण अफ्रिकामा छ, जहाँ लगभग २९ लाख ५० हजार संक्रमित पुगेका छन् र त्यसमध्ये ८९ हजार ६५७ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ