arrow

नयाँ भेरियन्टको त्रासमा न्यूयोर्कमा आपतकालीन घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ११ शनिबार
corona-virus.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ खतरनाक भेरियन्ट फेला परेसँगै विश्वभर त्रास फैलिएको छ । विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’मा राखेको छ भने नयाँ भेरियन्टलाई ओमिक्रोन नाम दिएको छ।

नयाँ भेरियन्टलाई लिएर बेलायतले ६ अफ्रिकी मुलुकबाट भ्रमणमा प्रतिबन्ध लगाएको छ । अन्य केही युरोपेली मुलुकहरुले पनि यस्तै तयारी गरिरहेका छन् । भारत एवं नेपालले पनि दक्षिण अफ्रिकाबाट आउनेहरुमाथि कडाइ गरेको छ ।

अमेरिकाको न्यूयोर्क शहरमा भने आउँदो डिसेम्बर ३ बाट लागु हुने गरी आपतकाल घोषणा गरिएको छ । न्यूर्योककी मेयर क्याथी होचुल आपतकालीन अवस्थाको घोषणा गर्दै अस्पतालहरुलाई सेवा सुविधा बढाउन माग निर्देशन दिएकी छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘हामीले यो आउँदो जाडोमा संक्रमण बढ्ने चेतावनीका संकेतहरू देखिरहेका छौँ र न्यूयोर्कमा नयाँ ओमिक्रोन भेरियन्ट अझै पत्ता लाग्न सकेको छैन, यो आउँदैछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ