arrow

नयाँ भेरिअन्ट पत्ता लाग्दा हामीलाई दण्ड दिइयो : दक्षिण अफ्रिका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ११ शनिबार
south africa.jpg

काठमाडौँ । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फेला परेपछि अमेरिका, बेलायत,क्यानडा, युरोपेली मुलुक एवं मध्यपूर्वका केही मुलुकहरुले त्यहाँबाट यात्रामा प्रतिबन्ध लगाएका छन् ।

यी देशहरुले दक्षिण अफ्रिकासँगै बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मलावीबाट यात्रामा प्रतिबन्ध लगाएका हुन् ।

एकाएक विश्वले दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएपछि उसले प्रतिक्रिया दिएको छ । नयाँ भेरिअन्ट पत्ता लाग्दा दक्षिण अफ्रिकालाई दण्ड दिइएको भन्दै त्यहाँको परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिएको हो । यो नयाँ भेरिअन्टले धेरै रुप परिवर्तन गरेको पाइएपछि झनै खतरनाक हुन सक्ने चिन्ता बढेको छ ।

दक्षिण अफ्रिकाले विज्ञप्ती जारी गर्दै भनेको छ, 'जीन सिक्वेन्सिङ गर्ने अत्याधुनिक प्रविधि र नयाँ भेरिअन्टहरु छिटो पत्ता लगाउने क्षमताको लागि दक्षिण अफ्रिका दण्डित भएकाे छ ।' यो भेरिअन्टले शरीरको प्रतिरक्षा प्रणालीलाई वेवास्ता गर्दै झनै चाँडो फैलिन सक्ने बताएका छन् ।

अहिलेसम्म यो भेरिअन्ट ४ देशमा फैलिइसकेको छ । यो भेरिअन्टविरुद्ध खोप कति प्रभावकारी छन्, भनेर थाहा पाउन हप्तौँ लाग्न सक्ने बताइएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ