arrow

चिनियाँ ऋणकाे पासाे : युगान्डाको अन्तर्राष्ट्रिय विमानस्थल बेइजिङकाे कब्जामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
uganda-airport-china-dbt-trap.jpg

चिनियाँ ऋण जाल (डेब्ट ट्र्याप)को रणनीति फस्ने देशको सुचीमा युगान्डा पनि थपिने भएको छ । युगान्डाको एकमात्र एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल चीनले कब्जा गर्ने खतरा बढेको हो ।

सन् २०१५ मा चीनको एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैङ्कले युगान्डालाई २ प्रतिशत ब्याजदरमा २० करोड ७० लाख अमेरिकी डलर ऋण दिएको थियो ।

एन्टेबे विमानस्थल निर्माणका लागि यो ऋण २० वर्षमा फिर्ता गर्नेसहित ७ वर्षको अनुग्रह अवधि थपिएको थियो ।ऋण तिर्नका लागि एन्टेब विमानस्थल समेत सम्झौतामा संलग्न गराइएको छ । यो सम्झौता परिमार्जन गर्न युगान्डा सरकार असफल भएको छ ।

अफ्रिकी सञ्चार माध्यमका अनुसार ऋण तिर्न असफल भएमा एन्टेब विमानस्थलसहित युगान्डाको अन्य केही सम्पत्ति ऋण दाताहरूले कब्जा गर्न सक्नेछन् ।

युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले यी सर्तहरू परिमार्जनका लागि वार्ता गर्ने आशामा बेइजिङमा एक प्रतिनिधिमण्डल पठाएका थिए ।

तर, चिनियाँ पक्षहरूले सम्झौतामा फेरबदल नगर्ने सङ्केत गरेपछि सो प्रयास अफल भएको हो । सन् २०१५ को नोभेम्बर १७ मा एक्जिम बैङ्क र तत्कालीन युगान्डा सरकारको अर्थ मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले उक्त ऋण सम्झौतामा हस्ताक्षर गरेको थियो । उक्त सम्झौताले युगान्डाको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँको कोल्टेमा पारेको बताइएको छ ।

यससँगै युगान्डाले समयमै ऋण चुक्ता गर्न नसकेको खण्डमा र यो सम्झौतामा परिमार्जन हुन नसकेको अवस्थामा त्यहाँको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बेइजिङले कब्जा गर्नसक्ने देखिएको छ । 

चीनका लागि ऋण दिएर अर्काको देशको सम्पत्ति कब्जा गर्नु कुनै नौला कुरा भने हैन । श्रीलङ्काको हम्बनटोटा बन्दरगाह पनि चीनले यसरी नै ९९ वर्षका लागि कब्जामा पारेको छ ।

चीनको यो ऋण जाल अथवा डेब्ट ट्र्याप रणनीतिकै चिन्ताका कारण विभिन्न मुलुकहरूले बेल्ट एन्ड रोड परियोजना एवं अन्य किसिमका चिनियाँ सम्झौताबाट ऋण लिएर पूर्वाधार निर्माण गर्न डराउन थालेका छन् ।

कतिपय देशहरूले त चीनले ऋण लगानी गरिदिन्छु भनेका सम्झौता नै पछि आएर खारेज गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ