arrow

आतङ्कवादी हमलामा दुई पाकिस्तानी सैनिक मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
pakistan.jpg

काठमाडौँ । अफगानिस्तान सीमा क्षेत्र नजिक पाकिस्तानी सुरक्षा चेक पोस्टमा अज्ञात समूहले गरेको आतङ्कवादी हमलामा दुई पाकिस्तानी सैनिकले ज्यान गुमाएका छन् ।

पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लामा सेना र आतङ्कवादीबिच गोली हानाहान हुँदा दुई सैनिकले ज्यान गुमाएका त्यहाँको सेनाले जनाएको छ ।

त्यसपछि आतङ्ककारीहरू भागेको र कुनै समूहले हमलाको जिम्मा नलिएको बताइएको छ । पाकिस्तान सरकार र प्रतिबन्धित आतङ्कवादी समूह तहरीक ए तालिबान पाकिस्तान (टीटीपी) बीच भएको एक महिने युद्ध बिराम सहमति भएको थियो ।

नोभेम्बर ९ मा भएको युद्ध बिराम सहमतिपछिको यो तेस्रो आतङ्कवादी हमला हो । पाकिस्तानी तालिबान भनेर समेत चीनिने यो समूह अफगानी सीमा क्षेत्रमा आधारित सङ्गठन हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ