arrow

ओमिक्रोन भेरियन्टकाे त्रास : बेलायतमा मास्क अनिवार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
britain-mask.jpg

काठमाडौँ । बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले मङ्गलवार देखी त्यहाँ मास्क अनिवार्य हुने बताएका छन् । ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई नियन्त्रण गर्न सार्वजनिक यातायात, सार्वजनिक स्थल एवं पसललगायतका क्षेत्रमा मास्क अनिवार्य हुने उनले बताएका हुन् ।

यस्तै चाँडो भन्दा चाँडो हरेक देशबाट आउने नागरिकका लागि पीसीआर परीक्षण समेत अनिवार्य गरिने उनले बताएका छन् । स्काइ न्युजसँगै बोल्दै उनले मङ्गलवार देखी मास्क अनिवार्य गरिने र चाँडै सबै स्वास्थ्यका मापदण्ड फेरि लागु हुनसक्ने बताएका हुन् ।

यस्तै त्यहाँ घरबाटै काम गर्न प्राथमिकता दिइने भएको छ । ओमिक्रोन भेरियन्टलाई लिएर विश्वभर फेरि स्वास्थ्य मापदण्डमा कडाइ हुन थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ