arrow

जापानले लगायाे विदेशी नागरिकको आगमनमा रोक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
japan.jpeg

काठमाडौँ । कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट फैलिएसँगै जापानले मङ्गलवारदेखि सबै विदेशी नागरिकको आगमनमा रोक लगाएको छ । साेमबार प्रधानमन्त्रीको कार्यालयबाहिर सम्बाेधन गर्दै जापानका प्रधानमन्त्री फुमियो किशिदाले 'जटिल अवस्थाबाट बच्नका लागि' यो निर्णय गरिएको बताएका छन् ।

मङ्गलवार रातिदेखि लागु हुने यो अस्थायी प्रतिबन्ध ओमिक्रोन भाइरसबारे थप जानकारी सार्वजनिक नभएसम्मका लागि गरिने उनले बताएका छन् । 

यद्यपि विदेशमा बसोबास गर्ने जापानी नागरिक र जापानी नागरिक भने जापान भित्रिने पाउने छन् । यस्तै ओमिक्रोन भेरियन्ट देखिएका देशबाट आउने जापानका नागरिकलाई भने क्वारेन्टिन बस्नुपर्ने छ ।

जापानले यसअघि भ्रमण प्रतिबन्ध लगाएका ९ अफ्रिकी मुलुकबाट आएका ३२ जनामध्ये नाम्बियाबाट आएका एक जनामा कोभिड-१९को सङ्क्रमण पुष्टि भएको छ ।

ओमिक्रोन अन्य भेरियन्ट भन्दा झनै सङ्क्रामक र घातक हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, पर्याप्त जानकारी आउन भने बाँकी छ ।

यसअघि इजरेलले पनि मङ्गलवारदेखि लागु हुने गरी विदेशी नागरिकको आगमनमा रोक लगाइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ