arrow

२ सय ५९ कोरोना संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
corona-covid-dalta-plus.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण (कोभिड१९) पुष्टि भएको छ। ७ हजार २ सय ३१ पीसीआरमध्ये २ सय ४३ र २ हजार ६ सय ५७ एन्टीजेनमध्ये १६ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआरबाट संक्रमण पुष्टि हुनेको संख्या हेर्दा आइतबार संक्रमण दर ३.३३ प्रतिशत देखिएको छ । थपिएकामा उपत्यकाका मात्रै ११५ जना हुन् । जसमा काठमाडौंका ७८, ललितपुरका ३० र भक्तपुरका ७ जना हुन् । 

यसै समयावधिमा २ सय ६४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा कुल ९ हजार ८ सय ८८ जनाको नमुना परीक्षण गरिएको थियो।

हालसम्म नेपालमा पीसीआर विधिबाट ८ लाख २१ हजार १ सय २१ जनामा र एन्टीजेन विधिबाट ९५ हजार ४ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ८ लाख २ हजार ६ सय ५३ जना निको भइसकेका छन्, भने ११ हजार ५ सय २४ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ